पश्चिम् नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

उर्मिला यादव सुनवल
असार २२
पश्चिम् नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ रमपुरवा बस्ने २१ बर्षिय सन्दिप कुमार हरिजन रहेका छ्न। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा हरिजन पक्राउ परेका हुन ।

।उनको साथबाट प्रहरीले फेनरागन १ सय दुई एम्पुल, डाइजेपाम १ सय दुई एम्पुल,र नुफृन १०१ एम्पुल गरि ३ सय ५ एम्पुल प्रतिबन्धित लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हरिजनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close