पोखरिया अस्पताल मा अाईसुलेसन स्थापना गर्न सर्बदलिय बैठक सम्पन

राजन बानिया
पोखरिया २४ साउन
पर्साको दोस्रो सदरमुकाम को रुपमा रहेको पोखरिया अस्पताल मा अाईसुलेसन स्थापन गर्न अाज सर्बदलिय बैठक समपन भएको छ।पोखरिया नगरपालिका को सभा हलमा बसेका सर्बदलिय बैठक बाट पोखरिया अस्पताल मा २५ बेडको अाईसुलेसन वार्ड बनाउने निर्णय गरिएको थियोे ।

बिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस रोग दिन प्रतिदिन महामारी को रुपमा फैलीरहेको ले कोरोना लागन नदिन र लागि सकेका लाई सुरक्षित अाईसुलेसन मा राखि उपचार गर्ने लाई पोखरिया नगरपालिका लगायत यश क्षेत्रका जनता हरु लाई सहुलियत हुने गरि पोखरिया नगरपालिका ले अस्पताल मा अाईसुलेसन स्थापन गर्न सर्बदलिय बैठक बाट निर्णय गरेका छन।

नगरप्रमुख दिपनारायण रौनियार ले भने पोखरिया अस्पताल मा अाईसुलेसन स्थापन गरेमा कोरोना पोजेटिभ फस्ट स्टेपका मानिस हरु लाई सुरक्षित उपचार मा सहुलियत हुने बताए ।नगर भित्रका जनता हरु लाई बिरगंज को बिभिन स्थान मा बनाएको अाईसुलेस्न मा बसन नपाउने बताए ।नगर भित्रका जनता हरु लाई कोरोना को लक्षण देखिए र पोजेटिभ भएमा अाफ्नो ठाउमा रहेको अाईसुलेसन मा रहि उपचार हुने बताए ।

अाईसुलेसन स्थापना मा पोखरिया नगरपालिका ले सहयोग गरिने बताए । अाईसुलेसन मा भर्ना हुने लाई बस्ने ,खाने र उपचार को ब्यवस्थापन नगरपालिका ले गर्ने बताए ।पोखरिया अस्पताल को दुईतले भवन मा तिनकोठा मा २५ बेड को अाईसोलेसन संचालन गरिने बताए । अाईसुलेसन स्थापन मा जनसक्ति अभाव का कारण समस्या हुने पोखरिया अस्पताल को मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव ले अाफ्नो कुरा राखेको थियोे ।तर मेयर रौनियार ले जनशक्ति अभाव हुन नदिने बताए ।

सर्बदलिय बैठक मा अाउने सोमबार को दिन अाईसोलेसन स्थापन गरिने बताए ।बैठकमा उपमेयर सलमा खातुन, प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी,वार्डअधयक्ष , संविधान सभा सदस्य प्रधुमन चौहान, रामेश्वर रौनियार ,शंकर यादव, नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरिया सभापति भगवान कुर्मी ,पोखरिया अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट अनिल कुमार यादव, ईलाका प्रहरी कार्यालय पोखरिया प्रनि चन्द्रसिंह ,लगायत को सहभागिता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close