
पकहामैनपुर, २६ साउन- तस्करलाई मात्र मल ल्याउन दिएको भन्दै पकहामैनपुरका स्थानीय र सशस्त्र प्रहरी बीच झडप भएको छ ।
किसानलाई एक बोरा पनि मल ल्याउन नदिने र तस्करलाई मात्र मल ल्याउन दिएपछि सो क्षेत्रका किसानहरु आक्रोसित भएका थिए । पैसा लिएर सबैठवा नाकाबाट सशस्त्र प्रहरीले मल तस्करी गराई रहेको सूचना पाएर स्थानीयहरुले भिडियो बनाएपछि सशस्त्र जवानले कुटपिट गरेका थिए । त्यसपछि आक्रोसित बनेका स्थानीय उल्टै सशस्त्र प्रहरीमामाथि जाइलागेका हुन् ।
स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक टिकाराम गौतम घाइते भएका छन् । स्थानीयले सशस्त्र प्रहरीको चेक पोष्ट बिटमा पनि तोडफोड गरेका छन् ।
सशस्त्र प्रहरीले पैसा लिएर तस्करहरुलाई मल तस्करी गर्न दिइरहेको केही दिनदेखि समाचार बाहिर आइरहेको थियो । मल अभावमा किसानले बाध्य भएर तस्करीको मल चर्को मूल्यमा किन्न बाध्य भएका छन् Nepal post daily




