
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।
बैठकमा कोरोना भाइरस (कोभिड- १९) महामारीका सम्बन्धमा छलफल हुने छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ । लकडाउनकै बीच काँग्रेसले तेस्रो पटक केन्द्रीय समिति बैठक बोलाएको छ ।
यसअघि बैशाख १७ गते र जेठ १७ गते दुई पटक केन्द्रीय समिति बैठक भएको थियो ।ratopati
आफ्नो प्रतिक्रिया दिनुहोस




