
बीरगंज – रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसको आयोजनामा कसरी स्वस्थ जीवन् बिताउने भन्ने बारेमा ईन्टरनेटको माध्यम बाट अन्लाईन प्रशिक्षण गराइएको छ। हालमा कोरोना भाइरसका कारण मानव जीवन नै संकटमा परेकोले उक्त प्रशिक्षण गराइएको क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर अनिल जैसवालले बताए। मानव जीवन अमुल्य रहेकोेले सबै भन्दा पहिला आफ्नो जीवन नै संरक्षण गर्न गराउने उदेश्यका साथ बिनित लोहियाको अध्यक्षतामा प्रशिक्षण गराइएको जनाएका छन् ।
मानिसहरु लाई अपनाउन र स्वास्थ्य प्रबर्धन को जीवन शैली र अभ्यासहरु लाई बुझ्न को लागी बुझेर प्रोत्साहन गर्न शारीरिक स्वास्थ्य बारे डा.निरज सिंह र स्वस्थ भोजन को माध्यम बाट तिनीहरूको स्वास्थ्य लाई हुने फाइदाको महत्त्व बारे डाइटिसियन निशा सिंहले जानकारी गराएका छन् । उक्त प्रशिक्षणमा रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिस ,रोटरी क्लब अफ बीरगंज,रोट्रैक्ट क्लब अफ युनाइटेड बीरगंज र रोट्रैक्ट क्लब अफ मेट्रोपोलिसका सदस्यहरु सहभागी भएका थिए ।
प्रशिक्षणमा रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसका अध्यक्ष लोहिया, सचीव चंदन सिंह, सर्जेन्ट ऐट आम्स एस पि वर्मा, पुर्व अध्यक्ष शशी रंजन, रंभा मिश्रा, डायरेक्टर रोटरी फाउन्डेसनका निजु राज भन्डारी, क्लब इडिटर जगदीश शर्मा, उपाध्यक्ष दिपराज क्याल त्यस्तै रोट्रैक्ट क्लब अफ मेट्रोपोलिसका अध्यक्ष सलोनी रौनियार सचीव रबिन श्रेष्ठ, स-सचिव दिपु वर्णवाल, प्रकाश कर्ण, गोपाल कन्डोइ, मधु प्रजापति, अंशुल अग्रवाल, अमित शर्मा, रोटरी क्लब अफ बीरगंजका सचिब शोहन पोदार,चार्टर अध्यक्ष साजन गिरोहिया,रोट्रैक्ट क्लब अफ युनाइटेड बीरगंज्का अध्यक्ष संदिप ओझा, चार्टर अध्यक्ष रजिस चौधरी लगायतका ६२ जना सहभागीहरु रहेका थिए।




