जुवा खेल्ने ७ जना व्यक्ति होटेलबाट पक्राउ

बारा, साउन ३१ गते शनिबार ।

जुवा खेल्दै गरेको अवस्थामा बारा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.०२ स्थितमा रहेको कुमार श्रेष्ठ र प्रधुम्न बैधले संचालन गर्दै आएको सगुन होटलको तेश्रो तल्लाको २०५ न. कोठामा जुवा कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा शनिबार दिउँसो अन्दाजी ५:१५ बजे तिर इलाका प्रहरी कार्यालय सिमराबाट प्र.नि. सुर्य बहादुर राना मगरको कमान्डमा खटिएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई जुवा खालबाट नगद रु.२,९१,५००/- र १६ थान कौडा सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरू
—————————-
१.जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१५ बस्ने वर्ष ५१ को मान बहादुर लोप्चन।
२.जिल्ला सर्लाही बागमती न.पा.१ बस्ने वर्ष ४१ को तारा कुमार श्रेष्ठ ।
३.जिल्ला बारा परवानीपुर गा.पा.८ बस्ने वर्ष ३७ को जयराम दास।
४.जिल्ला बारा कलैया उ.म.न.पा.२ बस्ने वर्ष ३५ को बिनोद प्रसाद यादव।
५.जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१५ बस्ने वर्ष ४२ को मान बहादुर गुरुङ।
६.जिल्ला सल्यान बढीमालिका न.पा.८ बस्ने वर्ष ३२ को भूबन चन्द।
७.जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.७ बस्ने वर्ष २५ को पदम नेवार।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close