
खेमराज खनाल काठमाडौ भदौं १५
ट्राफिक महासाखा काठमाडौंको कार्यकाल आज सोमबार देखि समालेका छन् प्रहरी उपरिक्षक (एसपी) रामेश्वर यादव प्रबक्ता भएका छन् ।
बारा जिल्ला स्थायी घर भई कर्णाली प्रदेशमा १ बर्ष कार्यकाल सकाएर उनि ट्राफिक महासाखा काठमाडौंमा सरुवा भएका हुन् ।
उनलाई आज सोमबार (भदौ १५) उक्त महासाखामा हाजिर हुने गरि सरुवा भएका छन् ।उनले कर्णालीमा प्रदेशमा आफ्नो कार्यकाल भरि सुर्खेत लगायतका १० ओटा जिल्लामा ट्राफिक पोष्ट स्थापना गर्नुका साथै सदरमुकामको मुख्य क्षेत्रमा पहिलोपटक सिसिटिभी जडान गरे।
त्यस्तै बैकिङ् प्रणालीबाट राजस्व तिर्ने प्रविधिको पनि बिकास गरे। बैकिङ् प्रणालीबाट राजस्व तिर्ने प्रविधिको बिकास भएको काठमाडौं पछिको दोस्रो स्थान कर्णाली नै हो।
यस्तै साहसी र प्रसंसायोग्य काम गर्ने बानीका कारण उनि यसभन्दा अगाडी २०७५ सालमा राष्ट्रपति बिध्यादेवी भण्डारीद्वारा नेपाल तारा विभूषणबाट सम्मानित भईसकेका छन् ।




