लागुऔषध गाँजा सहित १ जना पक्राउ

खेम राज खनाल उदयपुर,भाद्र १७ गते ।
उदयपुर कटारी ताप्लि गाउँपालीका-५ सल्ले स्थितमा बस्ने हुप बहादुर मगर लागुऔषध गाँजा सहित पक्राउ परेका छन । उनलाई हिजो राती उनकै घरबाट १५ केजी गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरले आफ्नै घरमा गाँजा संचय गर्ने र मौका छोपी बिक्री बितरण गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त परिणामको गाँजा फेला पारी बरामद गरेको हो । पक्राउ परेका मगर उपर लागुऔषध ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close