प्रदेश न.२ बिपद व्यवस्थापन गुल्म बिरगंजद्वारा आकस्मिक घरेलु आगलागीबाट बच्न र न्यूनीकरण गर्न जनचेतनामूलक प्रदर्शन ।

अजित कुमार भुजेल
बिरगंज , पौष २० गते सोमबार ।

प्रदेश न.२ बिपद व्यवस्थापन गुल्म बिरगंज पर्साले आकस्मिक रुपमा हुने घरेलु आगलागीबाट हुने जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने सम्बन्धमा जनचेतना मुलक प्रदर्सन कार्यक्रम गरेको थियो।

बिपद व्यवस्थापन गुल्म बिरगंज परिसरमा सोमबार भएको जनचेतना मूलक प्रदर्शन कार्यक्रममा आगो लाग्नुका कारण र त्यसबाट कसरी बच्ने , बढी घरेलु काममा खाना पकाउदा होस वा ग्यास लिकेज भएर वा विद्युत सट भएर यस प्रकारको जोखिमलाई हामीहरुले सजिलै घरमै प्रयोग हुने सामाग्रीहरुको प्रयोगले न्यूनीकरण गर्न सकिने सम्बन्धमा डेमो गरेर देखाईएको थियो ।

२ न. प्रदेश बिपद व्यवस्थापन गुल्म बिरगंज पर्साका प्रहरी निरीक्षक सरोज प्रजापतिको अध्यक्षता र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्य भएको सो कार्यक्रमको बिशिस्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त , नेपाल उद्योग बाणिज्य महासघका केन्द्रिय सदस्य सुबोध गुप्ता , प्रहरी नायब उपरीक्षक मनजित कुवर , गुल्मका प्रहरी निरीक्षक सरोज प्रजापति , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराई, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , होटल तथा पर्यटन व्यवसायी सघ पर्साका अध्यक्ष हरि पन्त , ओबिसि पर्साका अध्यक्ष अकलेस साह , पहल सस्थाका संयोजक दिलिप राज कार्की लगायत विभिन्न सघसस्थाका प्रतिनिधि , विभिन्न वडाका प्रतिनिधि र प्रहरीहरुको सहभागीता रहेको थियो ।

त्यसैगरि बिपद व्यवस्थापनको लागि चाहिने आवस्यक सामाग्री खरिदको लागि आजै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले २७ लाख दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close