
खेम राज खनाल भदौं २३काठमाण्डौं
घटना विवरण :
जिल्ला काठमाण्डौं का.जि.का.म.न.पा. वडा नं २१ न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडमा का.म.न.पा वडा नं ३१ बस्ने राजकाजी खड्गी प्रबन्धक पदमा मिति २०७० असार देखी मिति २०७७ जेठ मसान्त सम्म ७ बर्ष कार्यरत रहँदा उक्त सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पुर्ण जिम्मा लिई उक्त संस्थाको सम्पुर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भई लुकीछिपी बसेको अवश्थामा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०५। २२ गते १३ :०० बजे जिल्ला ललितपुर म.न.पा वडा नं २३ धापाखेलबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएकोमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि सम्मानित काठमाण्डौं जिल्ला अदालत वाट मिति २०७७/५/२२ गते वाट लागु हुने गरी दिन ५ म्याद थप अनुमति प्रदान भै अनुसन्धान भै रहेको ।
पक्राउ परेका व्यक्ति:-
नाम :- राजकाजी खड्गी ।
उमेर :- ४४ बर्ष ।
स्थायी वतन :- का जि.का.म.न.पा वडा नं ३१ ।
अस्थाई वतन :-जिल्ला ललितपुर म.न.पा वडा नं २३, धापाखेल ।




