
बिरगंज , असोज ०९ गते शुक्रबार ।
सत्याग्रही डाक्टर गोबिन्द केसीको समर्थन र निकम्मा दमनकारी बामपंथी सरकारको विपक्षमा नेपाली विद्यार्थी संघ पर्साद्वारा शुक्रबार वीरगन्जको घन्टाघरमा शान्तिपुर्न प्रदर्शन गरेको थियो ।
कार्यक्रममा पुर्व मन्त्री सुरेन्द्र चौधरी , नेपाली कांग्रेस जिल्ला उपाध्यक्ष द्वय दिना प्रसाद गुप्ता , प्रकाश उपाध्याय , नेपाली कांग्रेस जिल्ला सचिव श्याम पटेल , सह सचीव रोशन लामिछाने , जिल्ला सदस्य धर्मेन्द्र पटेल , बैकुण्ठ श्रीवास्तव , नेविसंघ पुर्व केन्द्रिय सदस्य सुधीर पटेल , नेविसंघ विद्यार्थी नेता विवेक कलवार , जितेन्द्र मिश्रा, इङ्राशन यादव , मन्जिव मिश्रा , सुरेन्द्र प्रजापती , धरमेन्द्र पटेल लगायतको नेता कार्यकर्ताको उपस्तिथिमा सप्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थितिले विभिन्न नारा सहितको प्ले कार्ड लिएर सामाजिक दुरि कायम गरि प्रदर्शन गरेका थिए ।




