सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ मा विवाद गुपचुप रुपमा वीरगन्जमा गर्न खोजिएको निर्वाचन विफल

वीरगन्ज, १२ असोज ।

्नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नं २ को नयाँ नेतृत्वको विवाद चरमोत्कर्षमा पुगेको छ । शिव कुमार सर्राफ समूहले अवैधानिक रुपमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न खोजेपछि अर्का अध्यक्षका उम्मेदवार रामजी साह समूहले अधिवेशन रोक्नका लागि स्थानीय प्रशासन र अदालतमा समेत रिट दायर गरेका थिए । रामजी साह समूहले दायर गरेको रिटमा अदालतले अधिवेशन रोक्न नमिल्ने तर, छलफलका लागि दुवैपक्षलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ । अहिले कोरोना संक्रमणको समयमा सरकारले पनि सभा सम्मेलनहरु गर्न रोक लगाएको र विवादित महासंघको अधिवेशन रोक्न स्थानीय प्रशासनले पनि निर्देशन समेत दिएको थियो । तर, शिव प्रसाद सर्राफ समूहले स्थानीय प्रशासनको निर्देशनलाई चुनौती दिदै वीरगन्जको हरिओम पार्टी प्यालेसमा गुपचुप रुपमा अधिवेशन गरेपछि स्थानीय प्रशासनले हस्तक्षेप समेत गरेको छ । प्रहरीको हस्तक्षेपपछि शिवप्रसाद सर्राफ समूहको अधिवेशन पनि विथोलिएको छ । प्रदेश नम्बर २ का अधिकांश सुनचाँदी व्यवसायीहरुले अधिवेशन रोक्ने पक्षमा हस्ताक्षर नै गरेका छन् । तर, विधि र प्रक्रिया मिचेर गुपचुप रुपमा अधिवेश बिना निर्वाचन प्रक्रिया अगाडी बढाउन खोजेपछि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरीले अधिवेशन गर्न रोक लगाएको छ । शिव प्रसाद सर्राफ समूहले विधि र प्रकृया अनुसार नै अधिवेशन गरेको दावी गरेका छन् । तर, असन्तुष्ट समूहले हुदै नभएको अधिवेशन सम्पन्न भएको भन्नु आधारहिन भएको बताएका छन् । वीरगन्जमा पत्रकार सम्मेलन गरेर अध्यक्षका उम्मेदवार समेत रहेका साहले निर्वाचन गर्नुभन्दा २१ दिन पहिले नै सबै सदस्यहरुलाई जानकारी गराउनुपर्ने, सञ्चार माध्यम मार्फत प्रचार प्रसार गर्नुपर्ने, अधिवेशनको मिति, समय र स्थान समेत तोक्नुपर्ने र अधिवेशन प्रदेशको राजधानीमा नै गर्नुपर्ने विधानमा स्पष्ट उल्लेख गरेको भएपनि विधान विपरित वीरगन्जमा अधिवेशन गर्न खोजेको बताए । अधिवेशन नै नगरी सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायत पास नगरी अवैधानिक निर्वाचन गरेको उनको भनाई छ । सर्राफ समूहले गरेको निर्वाचन अवैधानिक भएको भन्दै रोक्न गएको प्रहरीले लाठी चार्ज गर्दै निर्वाचन विथोलेको थियो । तर, हुदै नभएको निर्वाचनमा आफ्नो नेतृत्वमा शिव सर्राफले नयाँ प्रदेश समिति गठन भएको दावी गर्नु आपत्तिजनक रहेको पत्रकार सम्मेलनमा साहले बताए । उनले व्यवसायीहरुको हकहितका लागि तथा न्यायका लागि अदालतको साहारा लिने पनि बताए । अधिकांश जिल्लाका प्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारीले निर्वाचन नहुने बताएपछि घर फर्किएको अवस्थामा निर्वाचन भएको दावी गर्नु दुखद र व्यवसायीमाथि धोका भएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close