नेपाल औषधि व्यवसायी संघको १४ औँ अधिवेशन बिरगंजमा उद्घाटन

आज वीरगञ्जमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को १४औँ राष्ट्रिय अधिवेशन सुरु भएको छ ।संघ स्थापनाको पचासौँ वर्षको अवसरमा स्वर्ण महोत्सव सहित यसपटकको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।वीरगञ्जस्थित टाउन हलमा विहान साढे १० बजे देखि सुरु भएको अधिवेशनको उद्घाटनका उपराष्ट्रपति रामसहायप्रसाद यादव गरेका छन ।एनसीडीएका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार झण्डै तीन घण्टामा उद्घाटन सत्र सकेपछि बन्द सत्र सुरु हुने छ। आज अपरान्ह पाँच बजेपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ ।

प्रमुख अतिथि रहेका उपराष्ट्रपति रामसहाय यादवले आज को अधिबेशन कार्यक्रम मा आफ्नो मन्तव्य राख्दै अब चुनिएर आउने सम्पुर्ण कमिटी का प्रतिनिधिहरु लाई बधाई तथा अगामी दिन को शुभकामना दिएका थिए ।

                डा.सुबोध गुप्ता

त्यस्तै उद्घाटन अधिबेशनमा नेपाल उद्योग वाणिज्य संघका सदस्य डा.सुबोध गुप्ताले नेपाल औषधि ब्यवसायी संघको १४ औ अधिबेशन बिरगंजमा हुनु भनेको बिरगंज बासीको लागि गौरवको कुरा रहेको बताए ।नया चुनिने पदाधिकारीलाई शुभकामनाको मन्तव्य दिदै आउने समितिका ब्यक्तीहरु ले नया जोश जागरले काम गर्नु हुने छ भने कामना गरेका थिए । त्यस्तै उनले हालका अध्यक्ष रहेको मृगेन्द्रमान श्रेष्ठले गरेका कार्यको प्रशन्सा गर्दै उहाले औषधि ब्यवसायी संघको लागि जुन योगदान दिनु भएको छ एकदम सर्हानिय रहेको बताए ।

यसैबीच यसपटकको अधिवेशनबाट एनसीडीएको नेतृत्व सम्हाल्न हाल बरिष्ठ उपाध्यक्ष रहेका वीरगञ्जका व्यवसायी  प्रकाशकुमार खण्डेलवाल र बुटवलका व्यवसायी लोकहरि श्रेष्ठ चुनावी मैदानमा ओर्लिएका छन्। दुबै जनाले एनसीडीएको अध्यक्ष आफू बनेमा संस्थागत विकास हुने दावी गरेका छन् ।

अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका खण्डेलवालले आफूसंग एनसीडीएको कार्यकारिणीको सदस्य,सह कोषाध्यक्ष,उपाध्यक्ष आयात र बरिष्ठ उपाध्यक्ष भएर काम गरेको अनुभव भएको बताउँछन् । औषधि क्षेत्रमा आफ्नो चार पुस्ताको आवद्धता रहेको र ६५ वर्ष देखि औषधि व्यवसायमा लागेकोले यस क्षेत्रलाई नजिकबाट बुझेको बताउँछन्।

उता व्यवसायी श्रेष्ठ लुम्बिनीबाट सदस्य हुँदै तत्कालिन समयमा लुम्बिनी अञ्चलको सह कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्ष भएका थिए । केन्द्रमा एक कार्यकाल थोक तर्फको उपाध्यक्ष भएका थिए । अघिल्लो अधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेद्धारी दिए पनि पराजित भएका थिए । तर उनले आफूसंग एनसीडीएमा अढाई दशक भन्दा बढी देखि आवद्ध भई काम गरेको अनुभव भएको बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close