पटाका सहित एक जना पक्राउ ।

बिरगंज , कार्तिक १९ गते बुधबार ।

जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार विहान अं.०३:०० बजेको समयमा भारतको रक्सौलबाट विभिन्न किसिमको पटाका खरिद गरी लुकाई छिपाई बीरगंज तर्फ ल्याउदै गरेको छ, भन्ने प्राप्त सुचना अनुसार प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ स्थित सडक खण्डमा ना.२ ह ३०४६ नम्बरको अटो रोकी चेकजाँच गर्दा निम्न परिमाणको पटाका, अटो र निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ विस्फोटक पदार्थ सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
निम्न:-
१.२ वटा प्लाष्टिकको बोरा भित्र King Cobra लेखिएको विष्फोटक पदार्थ (पटाका) १०/१० वटा बन्डलको दरले ५०/५० वटाको प्याकेटको दरले जम्मा १००० वटा प्याकेट ।
२. ना.२ ह ३०४६ नम्बरको अटो ।
३. साइकल थान- १ ।
पक्राउ परेको व्यक्तिहरु:-
१. जि.पर्सा बीरगंज म.न.पा.वडा नं.१६ इनर्वा बस्ने भुलन साह तुराहाको छोरा बर्ष २० को रन्जन कुमार साह ।
२. देश भारत विहार राज्य रक्सौल मौजेटोल बस्ने मौजी तुराहाको छोरा बर्ष २६ को राज कुमार गुप्ता ।
३. ऐ.ऐ.बस्ने लक्ष्मी प्रसाद चौरसियाको छोरा बर्ष २६ को शैलेश कुमार चौरसिया ।
४. ऐ.ऐ.बस्ने बाबुलाल प्रसाद चौरसियाको छोरा बर्ष ३० को अखिलेश प्रसाद चौरसिया ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close