
वीरगन्ज,२४असाेज: वीरगन्जमा बुधबार आयाेजित रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन् ।
हन्ट नेपाल मिडिया प्रा.लि.द्वारा सञ्चालित हाम्राे नेपाल दैनिक डट कम अनलाइन पत्रिकाकाे तेस्राे वार्षिकाेत्सकाे अवसरमा घण्टाघर चाेकमा आयाेजित रक्तदान कार्यक्रममा ५ महिलासहित ३२ जनाले रगत दान गरेका हुन् ।
रगत दान गर्नेहरुमा हरिशंकर गुप्ता, कृष्ण प्रसाद कुशवाहा, महेश महताे, सनम कार्की, प्रभु साह, रिंकु देवी, संगम दाहाल, दिपेन्द्र प्रसाद कलवार, निरन्जन कुमार साह, सकलदेव प्रसाद यादव, अन्तिमा कुमारी, राजन मण्डल, गाेपाल साह, अजित कुमार मण्डल लगायतका रहेकाे रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए ।
हन्ट नेपाल मिडिया प्रालिका अध्यक्ष रामेश्वर चाैरसियाकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन नारायणी अस्पतालका निमित मेसु डा. चितरन्जन साहले गरेका थिए ।
रक्तदान कार्यक्रममा रेडियाे वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेन्टर नेपालका केन्द्रि सदस्य जगत राई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, समाजिक अभियान्ता प्रकाश थारु, दिलिपराज कार्की, राघव साह, श्याम सर्राफ लगायतकाेपनि उपस्थिति थियाे ।