बोर्ड बैठकले भौतिक दुरि कायम गरि छ्ठ पुजा गर्न सक्ने निर्णय गरेको छ ।

बिरगंज , मंसिर ०२ गते मंगलवार ।

आज बिरगंज महानगर पालिका वडा समिति वडा न.१३ को बोर्ड बैठक सम्पन्न भएको छ ।बैठकले यसपालिको छठ कसरि र कहाँ गर्ने बारेमा छलफल हुदा छठ छठघाट मै गर्ने र कोहि चाहेमा आआफ्नो घर मै गर्न सकिने तर सबै छठ बर्तालुहरुले भौतिकदुरि कायम गर्ने र पालो पालो गरि नदि , पोखरी र तलावमा पसि अरख दिने यसैगरी सिरसिवतामा पुजा गर्ने र धेरै बेर घाटमा नबसी आआफ्नो गर जाने , छठघाटमा ठेलामा वा भुईमा कुनै किसिमको बिक्री बितरण गर्न नदिने निर्णय समेत गरेको छ ।यी सबै नियम छठपुजा समिति मार्फत कार्यन्वयन गर्ने र हरेक छठ वर्तालुहरुको लागि छठघाट्मा नै एउटा एउटा मास्क बितरण गर्ने भनी वडा न.१३ का वडा अध्यक्ष तुफान फारुक अन्सारीको हस्ताक्षर सहितको निर्णय सबैमा जानकारीको लागि जारि भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close