
राष्ट्रिय प्रजातन्त्र पार्टी एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (सन्युक्त ) बीच पर्सामा एकीकरण ।
बिरगंज , मंसिर २५ गते बिहीबार ।
राष्ट्रिय स्तरमा राष्ट्रिय प्रजातन्त्र पार्टी एवं राष्ट्रिय प्रजातन्त्र पार्टी ( सन्युक्त ) बीच रा. प्र. पा. को नाममा पार्टी एकीकरण सम्पन्न भैइ सकेकोले सोही अनुसार जिल्ला जिल्लामा दुबै पार्टीको एकीकरण सम्पन्न हुँदै गैइरहेको क्रममा पर्सा जिल्लामा पनि दुबै पार्टीको पदाधिकारीहरु बीच विभिन्न चरणमा लिखित तथा मौखिक छलफल हुँदै अन्तिम पटक मंसिर २१ गते बसेको दुबै पार्टीको पदाधिकारीहरुको बैठकको निर्णय अनुसार मंसिर २५ गते बिहीबार पार्टी कार्यालय बिरगंजमा केन्द्रिय उपाध्यक्ष एवं पुर्व मन्त्री माननीय राजिब पराजुलीको प्रमुख आतिथ्यमा तथा रा. प्र. पा. सन्युक्तका केन्द्रिय सदस्य लालबाबू शर्मा , , केन्द्रिय सदस्य रामदेव महतो (रा.प्र.पा. ) र केन्द्रिय सदस्य नगिना यादव ( केन्द्रिय सदस्य रा. प. पा.)को विशेष उपस्थितिमा र रा. प्र. पा. पर्साको अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा बिहीबार सन्युक्त बैठक भेलामा दुबै पार्टीको एकीकरण कार्यक्रम सम्पन्न भएको हो ।




