उखु किसान आन्दोलनमा युथ काङ्ग्रेस नेपालको एकबद्धता ।

काठमाडौं , पुष ०२ गते बिहीबार ।

उखु किसान आन्दोलनमा युथ काङ्ग्रेस नेपालको एकबद्धता रहेको छ ।उखु किसानहरुले आफ्नो उत्पादनको भुक्तानी पाउन संघर्षमा रहेका किसानको आन्दोलनमा सहयोग गर्न युथ कांग्रेस नेपाल- प्रदेश २ का सचिव प्रभात ठाकुर , युथ कांग्रेस नेपाल महोत्तरी जिल्ला संयोजक निरज शर्मा र अन्य साथीहरु काठमाडौंमा हुनुहुन्छ ।

यस उखु किसान आन्दोलनमा युथ कांग्रेस नेपालको एकबद्धता रहेको छ । किसानको आफ्नो पसिना र मिहेनतको फल पाउन संघर्ष गर्नुपर्ने अवस्था आउनु दुखको विषय हो ! यस मुद्धा समाधान गर्न सरकार संग युथ कांग्रेस नेपाल जोडदार माग गर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close