ओलि ले दुस्साहस गरे: केन्द्रिय सदस्य आलम

बिरगंज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनेरास्ववियु केन्द्रिय सदस्य जुबैर आलमले प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रस्ताव ल्याएर दुस्साहस गरेको बताएका छन् । पाँच वर्षका लागि जनताले दिएको जनादेश कुल्चेर संसद विघटन गर्ने प्रस्ताव ल्याउनु संविधान विपरितको काम भएको भन्दै आलमले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई धोका दिएको प्रतिक्रिया दिए ।
प्रहार डेलीको सम्वादमा आलमले भने ‘सम्पूर्ण समस्याको समधान विधिगत रूपमा छलफल र बहस बाट नखोजेर उल्टै भाग्ने दुस्साहस गरे, जुन कम्युनिष्ट आन्दोलन र देश तथा जनताका लागि सरासर धोका हो ।’ उनले प्रधानमन्त्रीको कदमको चौतर्फी प्रतिरोध हुनुपर्ने बताए । जनादेश कुल्चिने अधिकार कसैलाई पनि नभएको भन्दै ओलीले दिएको धोकाको प्रतिवाद नेपाली जनताले गर्ने आलमको दाबी थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close