दुर्घटना न्यूनीकरणका लागि स्टिकर टास्ने एक हप्तेअभियान अन्तर्गत आज दोस्रो आइतबारका दिन बसपार्क भित्र रहेका ठुला नाईटबस , मिनिबस , म्याजिक , ईरिक्सा , टेम्पुमा स्टिकर टास्ने काम सम्पन्न ।

अजित भुजेल

बिरगंज , माघ १८ गते आइतबार ।

ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा र रोटरी क्लब अफ बिरगंजको सहयोगमा सवारी दुर्घटना न्यूनीकरणका लागी स्टिकर स्टिकर टास्ने अभियानको आज दोस्रो दिन पनि बसपार्कमा रहेका ठुलोबस , मिनिबस , म्याजिक , ईरिक्सा र टेम्पु पछाडी टल्किने स्टिकर टास्ने काम सम्पन्न भयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको नेतुत्वमा बिरगंज बसपार्कमा रहेको ठुला नाईटबस , मिनिबस , म्याजिक , ईरिक्सा र टेम्पु पछाडी टल्कने स्टिकर टास्ने काम भएको थियो ।यो कार्यक्रम एक सप्ताह सम्म चल्ने छ ।भोलि सोमबार बिरगंजको घन्टाघर चोकमा गाडीहरुमा स्टिकर टास्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक सुमन कार्कीले बताउनु भयो।

ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा , कमल नेपाली , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , सन्चारकर्मी अजित कुमार भुजेल , ट्राफिक प्रहरी हवल्दार , ट्राफिक प्रहरी लगायतकाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close