नेपाली काङ्ग्रेस पर्साद्वारा प्रधानमन्त्री केपि ओलिको असंम्बैधानिक कदमको विरुद्ध बिरगंजमा प्रदर्शन ।(भिडियो सहित )

नेपाली काङ्ग्रेस पर्साद्वारा प्रधानमन्त्री केपि ओलिको असंम्बैधानिक कदमको विरुद्ध बिरगंजमा प्रदर्शन ।

बिरगंज , फागुन ०३ गते सोमबार ।

नेपाली कांग्रेस पर्साले देशव्यापी कार्यक्रम अनुसार सोमबार बिरगंजमा विरोध प्रदर्शन गरेको छ ।
पर्साका सभापति अजय कुमार द्विवेदीको सभापतित्वमा बिरगंजको घण्टाघरमा विरोध प्रदर्शन गरेको छ ।
सो कार्यक्रममा विरोध सभालाई नेपाली काङग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, राजेश्वर साह तेली, पार्टी उपसभापति दिना प्रसाद गुप्ता, बिरगंज महानगर पालिकाका उपमेयर शान्ती कार्की लगायतले बिरोध सभालाई सम्बोधन गरेका थिए । विरोध सभामा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमको विरोध गर्दै सरकारविरुद्ध चर्काे नारावाजी समेत गरेका थिए ।

पार्टीको केन्द्रिय परिपत्रअनुसार आज देशैभरका ७७ वटै जिल्लामा पुर्व घोषण गरिएको विरोध कार्यक्रमअन्तरगत विरोध प्रदर्शन गरिएको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पर्साका सचिब श्याम पटेलले जानकारी दिनुभयो । कांग्रेसले यसअघि केन्द्रदेखि वडा तहसम्मै विरोध प्रदर्शन र सभाहरुको आयोजना गर्दै आईरहेको बताए ।

सो कार्यक्रममा जिल्ला कोषाध्यक्ष इम्तियाज आलम , देवप्रकास पटेल , हुकुम सिंह ,धिरज गुप्ता , दिलिप राज कार्की , निक्कु सिंह , राहुल गुप्ता लगायतकाको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close