सर्बोच्च अदालतको निर्णयको स्वागत गर्दै अनेरास्ववियु त राष्ट्रिय युवा संघद्वारा बिरगंजमा दिप प्रज्वलित ।

अजित भुजेल

बिरगंज , फागुन ११ गते मंगलवार ।

सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अनेरास्ववियु पर्सा र राष्ट्रिय युवा संघ पर्साले आज साझ बिरगंजको घन्टाघरमा दिप प्रज्वलीत गर्दै दिपावली मनाएका थिए ।

संबिधान र लोकतन्त्रको पक्षमा सम्मानित सर्बोच्चको ऎतिहासिक फैसला स्वागतयोग्य रहेको भन्दै न्यायालयप्रती जनताको बिश्वास रहेको भन्दै आजको निर्णयले लोकतन्त्रको जित भएको , नेपाली जनताको जित भएको भन्दै संविधान र कानुन भन्दा माथी कोहि नभएको प्रमाणित भएको भन्दै मोमबत्ति बालेर दिपावलि मनाएर हार्दिक स्वागत गर्दै खुशियालि मनाएका थिए ।

अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलमको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सदस्य रामदरश कुस्वाह , छोटेलाल यादव , नेकपाका जिल्ला सदस्य सगिर आलम , सुरेन्द्र गुप्ता , टुनटुन तिवारी , राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य अरुण यादव , विद्यार्थी नेता प्रभाकर गुप्ता , शिवम साह , ईजराईल अन्सारी लगायतका विद्यार्थी र नेताहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close