सर्वोतम सिमेन्टको पर्साका कन्ट्रक्सन ठेकदार बीच अन्तरकृया।

अजित भुजेल

बिरगंज , फागुन १६ गते आइतबार ।

सर्बोतम सिमेन्ट सर्बोतम मजबुती , बलियो सम्बन्ध सर्बोतम बिश्वासको भन्ने नाराका साथ सर्वोतम सिमेन्टले आज बिरगंजमा पर्साका कन्ट्रक्सन ठेकदारहरु बीच अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो ।

पदम पार्टी प्यालेस बिरगंजमा आइतबार सर्बोतम सिमेन्टको बारेमा ठेकदारहरुलाई यसको गुणस्तर , मजबुती र अरु सिमेन्ट भन्दा फरक भएको र यसको क्वालीटिमा कुनै सम्झौता नगर्ने बताए।

सर्वोतम सिमेन्ट उद्योग नेपालको नवलपरासी जिल्लाको सुनौलमा रहेको छ भने यसको स्थापना अक्टोबर २०१० मा भएको हो भने अहिले दैनिक ७० हजार बोरा सिमेन्ट उत्पादन हुँदै आईरहेको कम्पनीका जनरल मेनेजर सुभाष पान्डेले जानकारी गराउनु भएको थियो ।त्यसै गरि कम्पनी ईन्जिनियर अभिषेक झाले उत्पादन देखि लिएर उपभोक्ता सम्म पुरयाउदा सम्म र सिमेन्टको लागि चाहिने आवस्यक कच्चापदार्थ र बिधुत पनि आफ्नै उत्पादन गर्ने पहिलो कम्पनी भएको र त्यहा काम गर्ने हरेक व्यक्ती सक्षम र अनुभवी भएको हुदा सर्बोतम सिमेन्ट प्रयोग गर्न सुझाव दिएका थिए ।

सर्बोतम सिमेन्ट महिनाको १ लाख ५० हजार बोरा यस क्षेत्रमा बिक्रि भैइ रहेको र आजको दिनमा ४०% ग्रोथमा गैइरहेको समेत बताए । अरु सिमेन्ट कम्पनीले गुनासो आए भने सुन्दैन भने सर्बोतम सिमेन्टबाट कुनै कम्प्लेन आयोभने ४८ घन्टा भित्र कुनै न कुनै निस्कर्समा पुग्ने पनि बताए ।

यश सर्बोतम सिमेन्टको आफ्नै चुनढुङ्गा खानी रहेको , क्लिङ्कर आफ्नै रहेको, आफैले बिधुत उत्पादन गर्ने , हरेक प्लान्टमा एक्सरे प्रबिधिद्वारा सिमेन्टको गुणस्तर परिक्षण गर्ने , ५ मेगावाटको ईलेक्ट्रिसिटी रहेको , पकडशक्ति भएको , मसिनोपन , सुझ्म संरचना , कार्य कुशलता राम्रो र पानी सोस्ने बिशेषता रहेको झाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close