प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न, नेपाल पत्रकार महासघ पर्साको आसन्न निर्वाचनमा प्रेस संगठन नेपाल पर्साको तर्फबाट प्रदेश न.२ का सहसन्योजक राघव साहलाई अध्यक्ष पदको उमेदवारि दिने घोषणा ।

अजित भुजेल

बिरगंज , फागुन २४ गते सोमबार ।

प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न भएको छ ।आज नेपाल पोस्ट दैनिकको कार्यालयमा प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा तथा प्रदेश न.२ का सह- संयोजक राघव साह र प्रदेश सचिव बृजलाल पासवानको विशेष उपस्थितिमा बैठक बसेको थियो ।

बैठकले नेपाल पत्रकार महासघ पर्साको आसन्न निर्वाचनमा जाने बिषयमा छलफल हुदा प्रेस संगठन नेपाल पर्साको तर्फबाट संगठनका प्रदेश न.२ का सह- सन्योजक राघव साहलाई अध्यक्ष पदमा उमेदवारि दिने निर्णय गरेको थियो ।

त्यसै गरि अन्य पदको लागि अन्य पत्रकार संगठन सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगरले जानकारी दिनु भयो ।

नेपाल पत्रकार महासघ पर्साको निर्वाचनको लागि अन्य पत्रकार संगठनहरुसङ्ग सहकार्य र संवाद गर्नको लागि संगठनका प्रदेश सचिव बृजलाल पासवानको संयोजकमा ५ सदस्यीय वार्ता तथा सहकार्यको लागि संवाद समिती समेत गठन गरेको छ । अन्य सदस्यहरुमा प्रदेश सचीव राघव साह , प्रदेश सदस्य तुलसी भन्डारी , किरण राज पान्डे र निरज पिठाकोटे मगर रहेको छ ।

बैठकमा प्रेस संगठन नेपालका प्रदेश सदस्य जगत राई , किरण राज पान्डे , तुलसि भन्डारी , कृष्ण उदास खनाल , मनोज पटेल , सरोज खड्का , अजय चौरसिया, सम्भु कुमार सुमन , शिवम साह, सुर्य बिक , श्याम पासवान , बिदुर गौतम , समिना रन्जितकार , सोनम गौतम , मान्ती महतो , राजेन्द्र सिंह राजपुत , अनिल साह , रन्जित चौरसिया , सुभाष आले , राम मन्डल , निरु भट्टराई , दिपेन्द्र बिसि लगायतकाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close