
बिरगंज , चैत्र ०२ गते सोमबार ।
बिश्व उपभोक्ता अधिकार दिवस बिरगंजमा आज धुमधामका साथ मनाएको थियो ।हरेक बर्षको मार्च १५ गतेका दिन मनाउदै आईरहेको सो दिवस प्लास्टिक प्रयोगमा निरुत्साहन , वातावरण संरक्षणमा योगदान भन्ने मुल नाराका साथ सचेतना अभिवृद्दि कार्यक्रम बिरगंजको घन्टाघरबाट निस्केको प्रभातफेरि माईस्थान , आदर्शनगर , घडिअर्वा पोखरी हुँदै पुन घन्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
बाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साको आयोजनामा भएको सचेतना अभिवृद्दि कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उपभोक्ता हित संरक्षण मंच नेपाल प्रदेश न.२ का अध्यक्ष केसि लामिछानेले उत्पादक , व्यापारी , हामी सबै उपभोक्ता भएकोले नेपालको संविधानले दिएको नैसर्गिक अधिकार भएकोले त्यसको आधारमा उपभोक्ताले तिरेको उचित मुल्य अनुसारको वस्तु , सेवा र सुबिधा पाउनु पर्ने बताए ।
त्यसैगरि उपभोक्ताहरु पनि सचेत हुनु जरुरी छ ।आफुले खरिद गरेको वस्तुको लेबल , क्वालिटी , वजन , उत्पादन मिति , ईक्स्पाएर मिति , मुल्य भन्दा बढी लिएको छ , छैन ।बिल बिजक अनिवार्य लिनु पर्ने त्यसमा ध्यान दिनु जरुरी रहेको बताए ।
त्यसैगरि सेवा सुबिधा लिन सरकारी , गैरसरकारी कार्यालयमा पुग्ने सेवाग्राहीलाई विभिन्न बहानामा दु:ख दिने गरेकोले त्यसतर्फ ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण समेत गराएका थिए ।
राष्ट्रिय उपभोक्ता मञ्च प्रदेश न.२ का अध्यक्ष रामदेव लाल दासले आम उपभोक्ताले प्रयोग गर्ने ग्यासमा बिक्रेताले तौल गरि दिनु पर्ने , ग्यास खरिद गर्दा बिल बिजक नदिने हुदा
आमउपभोक्ता ठगिन पुगेकोले त्यसतर्फ पनि ध्यान दिन जरुरी रहेको बताए ।उपभोक्ता हित मञ्च पर्साका अध्यक्ष दिना प्रसाद गुप्ताले प्लास्टिक झोला स्वास्थ्य र वातावरणको लागि हानिकारक हुने थाहा हुदा हुँदै पनि उपभोक्ता प्लास्टिकको झोला नै प्रयोग गर्न नछाडेको बताए ।त्यसैगरि बिरगंजका गल्लिहरुमा मिठाई , खाजा, माछा- मासु पसलहरु खुलेआम रुपमा नालामाथी राखेर सन्चालन गर्दै आईरहेकोले त्यसलाई बन्द गर्नु पर्ने गुप्ताको माग रहेको थियो ।
कानुनि रुपमा वस्तु र सेवा उपभोगको अधिकार भए जस्तो गुणस्तरिय सेवा र वस्तुको उपभोगबाट उपभोक्ताहरु बन्चित रहेको ,उपभोक्ता हितलाई नियमन गर्ने राज्य थुप्रै ईकाईहरु भएपनि ती नियमकारी निकायहरु बीचको समन्वयको अभावका कार्बजार अनुगमनमा समस्या भएकोले व्यापारीले कृतिम अभाव देखाएर चर्को मुल्यमा वस्तु बिक्री गर्ने हुदा त्यसलाई रोक्न स्थानीय सरकारलाई अधिकार दिएको भएपनि खासै चासो नदेखाएको प्रमुख अतिथि समेत रहनु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङकि भनाई रहेको थियो ।
बाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साका निमित्त कार्यालय प्रमुख जित बहादुर भन्डारीको अध्यक्षतामा र पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको प्रमुख आतिथ्य भएको सो कार्यक्रमको सहजीकरण बाणिज्य कार्यालयका सूचना अधिकारी दिलिप खङ्गले गर्नु भएको थियो ।
सो कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , धुर्व गिरि , नेपाल उद्योग बाणिज्य महासघका केन्द्रिय सदस्य गोपाल केडिया , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , सज्जन अग्रवाल , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , सचिव प्रिती सिंह , कोषाध्यक्ष संतोषमान रन्जितकार , सदस्य मन्सुर खान , राजन श्रीवास्तव , ललन पटेल , कृष्णा पटेल , कन्जुमर आई नेपालका रन्जु फुयाल , राधा हमाल , उर्मिला कार्की थापा, दुर्गा नकर्मी , उपभोक्ता अधिकारवादी , सन्चारकर्मी , व्यापारी र आमउपभोक्ताहरुको सहभागीता रहेको थियो ।
त्यसै गरि बिश्व उपभोक्ता अधिकार दिवस -२०७७ को उपलक्ष्यमा आजै साझ ७:०० बजे उपभोक्ता हित संरक्षण मंच बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेलको अध्यक्षतामा दिप प्रज्वलित गरि उपभोक्ता दिवस मनाईको थियो ।दिप प्रज्वलित कार्यक्रममा व्यवस्थित बिरगंज अभियानका सन्योजक एवं पहल सस्थाका अध्यक्ष दिलिप कार्की , मानव सेवा आश्रम बिरगंजका दिवेश गुप्ता , ओबिसि पर्साका अध्यक्ष अकलेस साह , मातृका आई फाउन्डेसनका डा. महेश सिंह धामी लगायत उपभोक्ता अधिकारवादीहरुको उपस्थिती रहेको थियो ।




