
वीरगंज/पवन प्रसाद साह
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कार्य समिति क्षेत्र नं १ पर्सा ले बडा दशैं को उपलक्ष्यमामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
क्षेत्रिय कार्य समितिको कार्यालयमा भएको बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम मा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का संस्थापक अध्यक्ष तथा पार्टी का कार्य सम्पादन समितिको सदस्य रामबहादुर थापा ले बडा दशैं को उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै पार्टी सम्पुर्ण नेता तथा कार्यकर्ताहरु लगायत देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरु मा शुभकामना व्यक्त गरेका थिए।
त्यसतै शुभकामना व्यक्त क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कार्य समिति क्षेत्र नं १ का अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी ले बडा दशैं को उपलक्ष्यमा सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै पार्टी का सम्पुर्ण नेतागण तथा पार्टी का नेता कार्यकर्ताहरु लाइ शुभकामना दिएका थिए।
शुभकामना आदानप्रदान कार्यक्रम रा.प्र.पा. पर्सा का संस्थापक अध्यक्ष रामबहादुर थापा को प्रमुख अतिथि तथा क्षेत्र नं १ का क्षेत्रिय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य का संभावित उमेदवार शान्ति खड्का, पार्टी का पुर्ब केन्द्रीय सदस्य नगिना यादव, पार्टी का जिल्ला उपाध्यक्ष राजेस कुमार गुप्ता, पार्टी का जिल्ला सचिव पवन प्रसाद साह, पार्टी का जिल्ला प्रवक्ता समभु घिमिरे, पार्टी का पर्सा संगठन प्रमुख विनय झा, धर्म सभा का केन्द्रिय सदस्य पृथ्वी प्रसाद झा राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन पर्सा का अध्यक्ष राजाबाबु प्रसाद चौरसिया लगायतका ब्यत्किहरुले आ- आफ्नो बडा दशैं को उपलक्ष्यमा शुभकामना राखेका थिए।




