
बारा , चैत्र ०४ गते बुधबार ।
मिति २०७७/११/११ गते राती अं.२३:०० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उपमहानगर पालिका वडा नं.२३ बस्ने जाकिर हुसेनको छोरा वर्ष १४ को साहिद हुसैन मियाँ मंसुरी हराई बेपता भएको र खोजतालसको क्रममा निज सहिद हुसैन मिया मंसुरीको मृतक लाश मिति २०७७/११/२८ गते बिहान अं.०८:२० बजेको समयमा जि.बारा जितपुर सिमरा उपमहानगर पालिका वडा नं.१० बेहरा टोल स्थित फ्याक्ट्रीहरूको फोहर फाल्ने डम्पिङ साइटमा सडीगली गाडिएको अवस्थामा फेला परेको घटना वारदात सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराका प्र.ना.उ.गौतम मिश्रको नेतृत्वमा अनुसन्धान टोली गठन गरी घटना सम्बन्धमा सुचना प्राविधि समेतको सहयोगमा अनुसन्धान तहकिकात तथा सुराक पता लगाउँदै जाने क्रममा जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.२३ भलुही टोल बस्ने फेकु मियाँ मंसुरीको छोरा वर्ष २५ को कियामुदिन मंसुरी, ऐ.ऐ.बस्ने अब्दुल मियाँ हजामको छोरा वर्ष २१ को अफसान भनिने अमर हुसेन मियाँ हजाम र ऐ.ऐ.बस्ने सफिक मिया अंसारीको छोरा वर्ष १९ को आबेदिन मियाँ अंसारी समेतको संलगन्ता र योजनामा निज साहिद हुसैन मियालाई कर्तव्य गरी मारेको भनि खुल्न आएको हुँदा घटना वारदातमा संलग्न तिनै जनालाई पक्राउ गरी आज मिति २०७७/१२/०४ गते सम्मानित बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भएको थियो ।




