४ लाख ९५ हजार ५०० सय बराबरको अबैध छोहडा , मरिच , ओखर र ईलाईची पर्सा प्रहरीद्वारा बरामद ।

बिरगंज , चैत्र ०५ गते बिहीबार ।

पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका वडा नं.५ अलखियामठ स्थित राजा कुमार मितलको किराना स्टोरमा अबैध रुपमा छोगडा, मरिच, ओखर र अलाईची लगायतका मालबस्तु स्टोर गरी राखेको छ भन्ने बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले चेकजाँच गर्दा छोहडा ३१ बोरा मुल्य रु. १,७०,५००/- , मरिच १३ बोरा मुल्य रु. १,७८,७५०/- ओखर ११ बोरा मुल्य रु. १,०७२५०/- र अलाईची १ बोरा मुल्य रु.३९,०००/- जम्मा रु. ४,९५,५००/-को मालबस्तु फेला परेको हुँदा उक्त मालवस्तुहरु बरामद गरी कार्यालयमा ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको, साथै उक्त किराना स्टोरको साहु राजा कुमार मितल हाल फरार रहेकोले खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close