७७ जिल्लाकै प्रशासनलाई क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहको आदेश

कोभिड–१९ को खतरा आउन सक्ने भन्दै क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

गृहमन्त्रालयले चैत ९ गते ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले बताए।

गृहले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भेला, सम्मेलन तथा भीडभाड हुन नदिनु, स्वास्थ्यको मापदण्ड पालना गर्न लगाउनु भनेर परिपत्र गरेको उनको भनाइ छ।  dinesh khabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close