
राहुल कु.गुप्ता
वीरगंज ७ चैत
जिल्ला प्रहरी कार्यालयको अनुसन्धान शाखाको सक्रियाताले पर्सा जिल्लामा अहिले अपराधिक गतिविधि एवम तस्करी शुन्य भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा माघ १ गते देखी प्रहरी उपरीक्षक बल बहादुर पाण्डेले पर्सा प्रहरी प्रमुख भई कार्यभार सहम्भाले दिन देखि नै दिन रात खटि सिमानाका हुने अपराधिक गतिविधि एवम तस्करी हद सम्म नियन्त्रण भएको देखिएको छ।
क्राईम टोली प्रहरीको ईन्चार्जा प्रहरी नायब निरीक्षक सोभन राणाले जिम्मेवारी सहम्भालेको दिन देखिनै पर्सा जिल्लाको सिमानाका हुने अपराधी गतिविधि, जघन्य अपराध,यौन धन्दा, साईबर क्राईम जस्ता समाजिक कुरुती एवम विकृति र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएका छन्।
जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका लागि प्रहरी उपरीक्षक पाण्डेले अधिकृतहरुलाई निर्देशन दिने गरेको छन्।
प्रहरी उपरीक्षक पन्तले प्रहरी ऐन बिपरीत कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गर्न बताउनुभयो।
पर्साका प्रहरी उपरिक्षक पाण्डे भन्छन आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरेका छन् । पाण्डे भन्छन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनी सोही गरेको बताउनुभयो ।




