खोलामा डुबेर किशोरको मृत्यु

राजन कुमार बानिया
पोखरिया ७ साउन
पर्साको जगरनाथपुर गाउँपालिकामा रहेको नौरंगिया खोलामा डुबेर एक जना को मृत्यु भएको छ ।
मृत्यु हुने मा जगरनाथपुर गाउँपालिका वार्ड नं६ माधोपुर गाउँ निवासी अनरुद पटेल को १६ वर्षीय छोरा कृष्ण कुमार पटेलको मृत्यु भएको छ।

मंगलबार साँझ ५ बजे जगरनाथपुर–६ मा रहेको नौरंगी खोलामा पौडी खेल्ने क्रममा डुबेर पटेल बेपत्ता भएका थिए । नेपाल प्रहरी , सशस्त्र प्रहरी ,र स्थानियहरु खोजतलासका क्रममा एक घन्टापछि मृत अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।पटेल पौडी खेलीरहेको अवस्थामा खोलामा बाढी अाएपछी बेपता भएको थियोे ।

खोजतलास गर्दा मृत अवस्था मा फेला परेपछी प्रहरी ले पटेल को शव लाई पोस्टमार्टम को लागि नारायणी अस्पताल बिरगंज मा लगिएको प्रहरी ले जनाए का छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close