
बीरगन्जमा वडाध्यक्षलाई दुव्यर्वहार गरेको आरोपमा श्रीमान–श्रीमती पक्राउ परेका छन् । बीरगन्ज महानगरपालिका वडा नं ९ मा नाला बिस्तारको विषयमा भएको विवादका क्रममा स्थानिय एक दम्पत्ती वडाध्यक्षमाथि जाइलाग्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
बीरगन्जको वडा नं. ९ मा पर्ने रेल्वे रोडमा निर्माण भइरहेको नालाको विषयमा विवाद हुँदा स्थानिय महिलाले वडाध्यक्ष राजकिशोर गुप्तामाथि अचानक आएर हातपात गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । रेल्वे रोडस्थित दुर्गा सिनेमा घर अगाडी रहेको श्री रामजानकी मन्दिरका पुजारीले नालाको जग्गाको अतिक्रमण गरेपछि त्यसलाई मिलाउन वडाध्यक्षसहितको टोलि पुगेको थियो ।
घरको अन्य सदस्यहरुसँग विवाद भइरहेको बेला घर भित्रबाट आएकी पुजारी दिनेश पाण्डेकी बुहारीले वडाध्यक्षलाई थप्पड हानेको स्थानियहरुको भनाई छ । वडाध्यक्ष गुप्ताले आफुले मन्दिरलाई हानी नोक्सानी नहुने गरी नाला निर्माणलाई व्यवस्थित गर्न खाजेको बताउँदै नालाको जग्गा अतिक्रमण गर्न पाइदैन भन्दै सम्झाउने प्रयास गर्दा आफु उपर दुव्र्यवहार भएको बताए ।
वडाध्यक्ष माथि हातपात भएपछि बिवादले उग्र रुप लिएको थियो । तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले अवस्थालाई सामान्य बनाएको थियो । महिलाले निर्दोष वडाध्यक्षलाई दुव्र्यवहार गरेको भन्दै स्थानिहरुले तत्कालै महिलालाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएका थिए । महिला प्रहरीको सहयोगमा वडाध्यक्षलाई दुव्र्यवहार गर्ने महिला र उनका श्रीमानलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय विर्ताले जनाएको छ ।
हाल उक्त क्षेत्रमा नालासँगै सडक बिस्तारको काम भईरहेको छ ।Nepal post daily




