
तिम्रो नयंनको कणमा अंकित तस्वीरहरुमा छू म,
तिम्रो मस्तिष्कको हरेक यादमा कुदिएको छू म,
तिम्रा आंसूहरुलाई थामदै,तिम्रा वक्षलाई कोमल हाथले सुमसुमाउदै छू म,
सोध त आफूलाई म टाढा छू र ,
होइन प्रेयसी,म कहाँ टाढा छू र ।
न त मेरो प्रेमनै टाढा छ ,तिम्रो साथबाट
हरेक तीतामीठा यादहरुलाई मायाको जालोमा गास्दै,
तिम्रो मुटुको मायालाई आफ्नो न्यानो हाथले तान्दै हुदा,
भन्छौ,
टाढा छौ प्रियतम,
म भन्छू,प्रेयसी ,तिम्रा गालाहरुमा चुम्बनका स्पर्श होलान नी मेरा अतीतका,
तिम्रा यादहरु त बाझों छैनन मेरा रिक्तताले,
तिम्रो मुटुको धकधकमा बसेको प्रेममा त छू नी म,
कहाँ टाढा छ त्यों मेरो प्रेम तिमी भन्दा,
मेरो सुबास नी त टाढा छैनन तिमीबाट,
न त मेरो अंतरंगका ति शारीरिक आकर्षणहरु,
कहाँ टाढा छ,हामीबीचका ती घषर्ण र कंप ती शरीरले देखेका,
म त्यसैले टाढा छुईन,के मेरो प्रियतमा तिमीभन्दा,
विरक्त प्रेमका बादलहरुलाई छिचोलदै हामी आकाशमा जब मिलछौं,
जूनसहितको न्यानो प्रकाशमा ,
हो,त्यों टाढा छ,तर त्यों हाम्रो मिलन हो।
म त यही छू,तिम्रा यादहरुको प्रतिमूर्तिमा
म त तिम्रो आत्मानै छू,मेरो प्रियतमा।
-सिद्धांत यादव
आफ्नो प्रतिक्रिया दिनुहोस




