बिरगंज जेसिजद्वारा जेसिज सप्ताह -२०२१ को समापन कार्यक्रम सप्पन्न ।

बिरगंज , बैशाख ०८ गते बुधबार ।

बिरगंज जेसिजले आयोजना गरेको जेसिज सप्ताह -२०२१ को आज समापन कार्यक्रम सप्पन्न भएको छ ।
” शासन व्यक्तिको होईन बिधीको हुनु पर्दछ ” भन्ने नाराका साथ आज बिरगंज स्थित गिता मन्दिरमा रहेको जेसिज सचिवालयमा बिरगंज जेसिज -२०२१ का अध्यक्ष जेसि रन्जन राउतको सभापतित्वमा र बिरगंज जेसिजका पुर्व अध्यक्ष एवं नेपाल जेसिजका पुर्व कार्यकारिणी अध्यक्ष जेसि मधु राणाको प्रमुख आतिथ्यमा आठौं दिन जेसिज -सप्ताह २०२१को समापन कार्यक्रम सम्पन्न भएको थियो ।

हरेक बर्ष नया बर्षको सुरुआत सङै जेसिज सप्ताह मनाउदै आईरहेकोमा यश बर्ष पनि मनाईएको थियो ।सप्ताहिक कार्यक्रम अन्तर्गत पहिलो दिन बैशाख ०१ गते सुभ कामना आदानप्रदान , दोस्रो दिन बैशाख ०२ गते सहयोग सामाग्री बितरण नारायणी अस्पतालमामा, तेस्रो दिन बैशाख ०३ गते तालिम , चौथो दिन बैशाख ०४ गते खेलकुद कार्यक्रम , पाँचौ दिन बैशाख ०५ गते सहयोग बिरगंज नर्सिङ कलेजका विद्यार्थीहरुलाई , छैठो दिन बैशाख ०६ गते आत्मरक्षा तालिम श्री नेपाल गिता गजेन्द्र माबी शुखचैनामा र सातौं दिन बैशाख ०७ गते सहयोग सामाग्री बितरण बिरगंज -१६ स्थित भुटन देबि पछाडीको बस्तिमा गरि मनाएको बिरगंज जेसिजका पुर्व अध्यक्ष शेखर चौधरीले जानकारी गराउनु भएको थियो ।

जेसिज सप्ताह -२०२१ कार्यक्रममा सहयोग पुर्याउनु हुने बिरगंज जेसिजका पुर्व अध्यक्ष , बिरगंज जेसिजका बर्तमान कार्य समितिका पदाधिकारीहरु , सल्लाहकार , कानुनी सल्लाहकार र सन्चारकर्मीहरुलाई मायाको चिनो दिई सम्मान समेत गरिएको थियो ।

समापन कार्यक्रममा बिरगंज जेसिजक पुर्व अध्यक्ष प्रोफेसर डा. दिपक शाक्य , जेसि पशुपति बिक्रम शाह , जेसि उषा शाह , पुर्व अध्यक्ष जेसि अमर गौतम , सन्तोष खनाल , शेखर चौधरी , प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगर , सन्चारकर्मी अजित भुजेल , संतोषमान रन्जितकार , राहुल गुप्ता लगायत बिरगंज जेसिजका बर्तमान कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक सुख सागर गौरोले स्वागत मन्तव्य र महासचिव अजय चौधरीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close