
बिरगंज , बैशाख १२ गते आइतबार ।
पर्सा जिल्ला बीरगञ्ज म.न.पा.वडा नं.१६ स्थित शंकराचार्य गेटमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारत रक्सौलबाट बीरगञ्जतर्फ आउँदै गरेका पैदल यात्री जिल्ला मकवानपुर मनहरी गा.पा.वडा नं.५ बस्ने वर्ष २५ का राजु रानामगरलाई पक्राउ गरी निजको साथबाट SUNMICA लेखेको स्वचालित पेस्तोल थान-१ र म्याग्जिन थान-२ बरामद भएको हातहतियार मुद्दामा अनुसन्धानको क्रममा निज तथा हाल यकिन ठेगाना नखुलेको काठमाण्डौतिर बस्दै आएका अर्का ला.औ. कारोबारी राम प्रजापतिले मिति २०७८।०१।०८ गते दिउँसो भारतको रक्सौलबाट मुस्तफा भन्ने व्यक्तिसँग २ वटा पेस्तोल ने.रू १,५०,०००।- मा खरिद गरेको; सो मध्येको पेस्तोल थान -१ र म्याग्जिन थान २, तथा ला.औ. डाइजिपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फिनार्गन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल, निट्राभेट १२ सय ट्याब्लेट ल्याई बीरगंज बसपार्कमा रहेको मनकामना गेष्ट हाउसको कोठा नम्बर १०५ मा बसेको अवस्थामा निम्न व्यक्तिहरूले उक्त पेस्तोल र ला.औ. लुटपाट गर्ने योजना बनाई अं.१६:०० बजेको समयमा होटलको कोठाभित्र प्रवेश गरी उक्त लागू औषधहरू, हतियार (पेस्तोल थान १ र म्याग्जिन थान २), मोवाईल फोन सेट थान-४, राम प्रजापतिको दुबै कानमा रहेको सुनको मुन्द्रा थान २ र नगद रू. ७,०००।- लुटपाट गरेको खुल्न आएकोले निजहरूलाई मिति २०७८।०१।१० गते बी.म.न.पा. का विभिन्न स्थानबाट नियन्त्रणमा लिई पेस्तोल थान २, म्याग्जिन थान ४, सुनको मुन्द्रा अंदाजी आधा तोला थान २, नगद रू. ७०००।- ला.औ. (डाइजिपाम, नुर्फिन र फेनार्गन-१००-१०० एम्पुल गरी ३०० एम्पुल), १२ सय पिस निट्राभेट ट्याब्लेट समेत बरामद गरी ला.औ., हातहतियार तथा संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको व्यहोरा सूचित गरिन्छ ।
साथै पक्राउ परेका व्यक्तिहरूले काठमाण्डौ तथा विभिन्न स्थानबाट ला.औ. तथा हातहतियार खरिद गर्न आउने व्यक्तिहरूलाई भारतको रक्सौल लगी सम्बन्धित कारोबारीहरूसँग सम्पर्क गराई खरिद गराउने, ओसारपसार गर्न सहयोग गरी कमिशन लिने तथा पछि पुन: निजहरूलाई नै योजना बनाई लागूऔषध, हातहतियार लगायत अन्य धनमालहरू समेत लुटपाट गरी पुन: भारत तथा अन्य कारोवारीहरुलाई विक्रि वितरण गर्न लगायतका आपराधिक कार्यमा पहिलेदेखि नै संलग्न रहेको खुल्न आएको र यस सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।




