अस्पताल र चिकित्सक लाई विरामीको घर दैलो सम्म नै पुर्याउने ग्रीन सिटीको सराहनिय प्रयास

मुकेश खेतान,वैशाख २६,वीरगन्ज।
कोभिद १९ को दोश्रो लहरको प्रकोप बढ्दै गए पछि बिरामी हरु भयभीत हुनु भएका छन्।लक डाउनले गर्दा अस्पताल सम्म पुग्न सवारी साधन छैन्, धेरै जसो विरामीलाई अस्पताल लग्नै आफन्त नै छैन् भने अर्को तिर अस्पताल पुगे पनि घण्टौं लाइनमा कुर्नु पर्ने, प्रभाव कारी सेवाको अभाव , कोभिड सर्ने भय लाई मध्यनजर राख्दै ग्रीन सिटीले आज देखि अस्पताल र चिकित्सक लाई नै विरामीको घर दैलो सम्म पुर्याउने अनौठो प्रयास गर्नु भएको छ।

“हामी पहिलो चरण अन्तर्गत यस सेवा लाई ग्रीन सिटी कार्यालयको ५०० मीटरको परिधि भित्र सञ्चालनमा ल्याएका छौं।चिकित्सक हरुको सहकार्य बढ्दै गए पछि यस सेवाको दायरा बढाउने छौं,” भने ग्रीन सिटीका संस्थापक अध्यक्ष जय प्रकाश खेतानले ई हेल्थ खबरलाई जानकारी दिनु भयो।
“9855036610 नम्बरमा फोन गरेर यस सेवाको लाभ लिन सक्नु हुने छन्।कम्पाउन्डर ले बिरामी लाई चेक जाँच गर्न घर मै पुग्नु हुन्छ र उहाँ चिकित्सक संग फोन मार्फत सहकार्य गर्नु हुन्छ।आवश्यक परेको खण्डमा चिकित्सक स्वयं पनि बिरामी लाई थप चेक जांच गर्न आउनु हुन्छ।

परामर्श, औषधि उपचार र साथै निशुल्क अक्सिजन सेवा पनि उपलब्ध गराउने छौं,” भने जानकारी पनि अध्यक्ष खेतानले दिनु भयो।

ग्रीन सिटीले यस सेवालाई मारवाडी सेवा ट्रष्ट र रूंगटा वेलफेयर सोसायटीको सौजन्यले सञ्चालनमा ल्याउनु भएको छ, भने नारायणी अस्पतालका कंसलटेंट फिजीशियन डाक्टर राम किशोर सिंह, एम.बी.बी.एस, एम.डी. र नारायणी अस्पतालको आकस्मिक सेवा विभागमा कार्यरत र कोभिङ विरामीको उपचारमा रहनु भएका चिकित्सक डॉक्टर मो. शहाबुद्दीन एमबीबीएस,कंपाउंडर मनीष कुमार चौधरीले
आफ्नो अमूल्य सेवा दिनु हुने छन्।

स्मरण रहोस् कि पछिल्लो समयको कोभिड कालमा पनि डाक्टर रामकिशोर सिंहले कोभिड बिरामी हरुको उपचारमा सराहनिय भूमिका निर्वाह गर्नु भएका थिए।

यसको साथ साथै ग्रीन सिटी के निशुल्क अक्सिजन सेवा, एम्बुलेन्स सेवा, अत्यधिक आवश्यक औषधि सेवा र अस्थालिन औषधि सेवा पनि सञ्चालनमा ल्याउनु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close