
नेपाल पत्रकार महासंघले कोरोनाविरूद्ध लडाइँमा खटिएका पत्रकारलाई नि:शुल्क उपचारको माग गरेको छ।
कोरोना महामारीबीच काम गरिरहेका पत्रकारलाई फ्रन्टलाइनर घोषणा गरी स्वास्थ्य र सुरक्षाका उचित प्रवन्ध गर्न महासंघले सरकारसँग माग गरेको अध्यक्ष विपुल पोख्रेलले बताए।
आज बसेको महासंघको दोस्रो केन्द्रीय समिति बैठकले पत्रकारलाई वीमा र इन्टरनेट सुविधा व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
आजको बैठकमा कोरोना भाइरसले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेका प्रभाव तथा श्रमजिवी पत्रकारका समस्याबारे छलफल भएको थियो। अहिले पत्रकारको स्वास्थ्य र पेशागत सुरक्षा महत्वपूर्ण चुनौतीका रूपमा देखा परेको महासंघको निश्कर्ष छ।
सरकारले आगामी बजेटमा कोरोना संक्रमणबाट पीडित भएका पत्रकार तथा संकटग्रस्त सञ्चार माध्यमलाई राहतको प्याकेज उपलब्ध गराउनुपर्ने महासंघको माग छ।
कोरोना संक्रमितका लागि अस्पतालमा शय्यादेखि अक्सिजनलगायत सामग्रीको व्यवस्थापन गर्न पनि महासंघले सरकारलाई आग्रह गरेको छ।
महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा एम्बुलेन्सदेखि हेलिकोप्टरमा चर्को भाडा लिने गरेको गुनासो आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षणसमेत गरिएको उल्लेख छ।setopati




