निम्बस ग्रुप बिरगंजद्वारा दोस्रो पटक सर्जिकल माक्स १५ सय पिस, A95 माक्स ५० पिस र सेनिटाईजर १० लि. सामुदायिक सेवा केन्द्र छपकैया-२ लाई हस्तान्तरण ।

अजित भुजेल

बिरगंज , जेष्ठ १३ गते बिहिबार ।

हाल बिश्वमा महामारीको रुपमा फैली रहेको कोभिड -१९ कोरोना भाईरसलाई मध्य नजर गर्दै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि निम्बस ग्रुप बिरगंज पर्साको विशेष सहयोगमा दोस्रो पटक पनि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ पर्सालाई माक्स १५ सय पिस , A95 माक्स ५० पिस र सेनिटाईजर १० लिटर सहयोग गरेको हो ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईलाई आजै सामुदायिक सेवा केन्द्रको कार्यालयमा निम्बस ग्रुपका प्रतिनिधिले हस्तान्तरण गरेका थिए ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्सा र राईजिङ्ग बिरगंज नेपालको पहलमा श्रीराम हल अगाडि प्रहरी बिट नीर दैनिक २०० सय पिस माक्स नलगाई हिडनेलाई माक्स अनिवार्य लगाउन दिने र ह्यान्ड सेनिटाईजर गरि पठाउने गरिएको अध्यक्ष ठकुराईले जानकारी दिनु भयो । हरेक दिन बिहान ७ :०० बजेदेखि ८ :०० सम्म १ घन्टा माक्स बितरण गर्दै आईरहेको आज बिहीबार दसौ दिन पनि माक्स बितरण गरेको केन्द्रका सचिब प्रबिण बिक्रम शाहले बताउनु भयो।

हस्तान्तरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सचिब प्रबीण बिक्रम शाह , सदस्य अजित कुमार भुजेल , जेयाउल हक , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ का प्रहरी सहायक निरीक्षक गोबिन्द राय यादव , प्रहरी हवल्दार सैलेन्द्र प्रसाद यादव , प्रहरी जवान राजकुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close