
बिरगंज , जेष्ठ २४ गते सोमबार ।
वीरगंज उद्याेग बाणिज्य संघले काेभिड एक्सन टिम (क्याट) पर्सालाई सहयाेग गरेकाे छ ।
क्याटले काेराेना महामारिमा गर्दै आाएकाे सहयाेग तथा निशुल्क भाेजनकाे ब्यवस्था प्रति धन्यवाद दिदै उद्योग बाणिज्य संघले सहयाेग गरेकाे क्याटका सदस्य एवम् नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले बताए ।
उद्याेग वाणिज्य संघले नगद रु २५ हजार, २०० पिस सर्जिकल मास्क, ५० थान सेनिटाइजर सहयाेग स्वरुप प्रदान गरेकाे उनले जानकारी दिए ।उद्योग बाणिज्य संघ पर्साका अघ्यक्ष सुबाेध कुमार गुप्ताले उद्याेग वाणिज्य संघमा सहयाेग रकम र सामाग्री क्याटका संयाेजक समेत रहेका जिल्ला समन्वय समिति पर्साका संयाेजक नेक महमद अंसारीलाई हस्तान्तरण गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




