भुमीहिन सुकुम्बासीको तथ्यांक एवं लगत राख्ने कार्य सुरु ।

अजित भुजेल

बिरगंज , असार ०३ गते बिहीबार ।

पर्सा जिल्लामा भूमीहीन सुकुम्वासीको वास्तविक तथ्यांक एवं लगत राख्न आवश्यक तयारी अघि बढाउन सुरु गरिएको छ ।

भूमी सम्बन्धी समस्या समाधान आयोग पर्साले भूमिहीन दलित, भूमिहीन र अव्यवस्थित रुपमा बसोवास गरिरहेकाहरुको वास्तविक तथ्यांक संकलन गर्दै उनीहरुलाई भूमी उपलब्ध गराउन आवश्यक तयारी अघि बढाएको हो ।

आयोगले यसैको तयारीका लागि बिहीबार जिल्लाका १४ वटै पालिकाका प्रतिनिधि तथा अमिन र आइटी अफिसरहरुलाई लगत संकलन कसरी गर्ने भन्ने बारेमा आवश्यक जानकारी दिइएको भूमी आयोग पर्साका विज्ञ सदस्य शिवजी गुप्ताले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका अधिकारी छविरमण भट्टराईले र विज्ञ सदस्य शिवजी गुप्ताले प्रस्तुतिकरण दिएका थिए।

पहिलो चरणमा सहजीकरण समिति गठन गर्ने, लगत संकलन गर्ने, भूमीहीनको पहिचान गर्ने र प्रमाणीकरण गरेर जिल्ला समितिलाई पठाउने लगायतका विषयमा कार्यक्रममा योजनाहरु प्रस्तुत गरिएको थियो ।

भूमी सम्बन्धी समस्या समाधान आयोग पर्साकी अध्यक्ष बिना शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद अन्सारी रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य बिमल पौडेलले दिएका थिए भने निसा दाहालले सहजिकरण गरेकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close