नेविसंघ पर्साका सभापति विकास तिवारी प्रहरी नियन्त्रणमा

बीरगन्ज, २८ साउन । नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका जिल्ला सभापति विकास तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार सभापति तिवारीलाई आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको नेविसंघले जनाएको छ । छापामार शैलीमा प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएको नेविसंघका पदाधिकारीहरुको भनाई छ ।

पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरका अनुसार साईबर अपराधमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो । हाल तिवारीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close