
हेटौंडा , असार ०३ गते बिहीबार ।
मिति २०७८।०३।०३ गते राती ००:१० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं. ११ तिनताप्के स्थित सडक खण्डमा बसामाडी तर्फबाट पदमपोखरी तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ख ०१३२ नं. को मिनि टाटा गाडीलाई रोकि चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको अबैध सालको २७ वटा फेन्टा जम्मा ५४ क्युफिट फेला परेको हुँदा उक्त गाडी चालक जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं. ११ स्मारक बस्ने बर्ष २३ को सुखराम रुम्बा र सो काठ ओसार-पसारमा सम्लग्न सोही गाडिको पछाडि ना ५२ प ८८०९ नं. को मो.सा. मा आएका जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं. १३ बस्ने बर्ष २४ को दिपेश लामालाई उक्त काठ, गाडी र मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।




