
वीरगंज, असार २०
पर्साको बिन्दवासिनी गाँउपालिकामा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाको आयोजना र नेपाल हेल्थ सेवाको सह आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३ महिला सहित ५५ जनाले रक्तदान गरेका छन ।
गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुले रक्तदान गरी उद्घाटन गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, स्वास्थ्य संयोजक नरेश चौहान, वडा नम्बर १ का वडाा अध्यक्ष सगिर मिया, जसपाका युवा नेता गैरीशंकर साह लगायतकाले रक्तदान गरेका थिए ।
कार्यक्रममा रक्तसंचार केन्द्र वीरगंजका प्राबिधिक डिल्लीमायाँ घिमिरे लगायतको टोलीले प्राबिधिकि सहयोग गरेको थियो । राधाकृष्णा चौरसिया माध्यमिक बिद्यालय बहुअर्वाभाठामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिका प्रमुख कानुले गाँउपालिकाले अगामि दिनमा पनि यस्ता समाजिक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले रक्तदान कार्यक्रम एकदम पुण्यको काम भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, नेकपाका युवा नेता अकलेश साहले धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल हेल्थ सेवा संस्थाका अध्यक्ष संगम कुमार पंडित लगायतकाले सक्रिय सहयोग गरेका थिए ।




