
बिरगंज, पर्सा
राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति द्वारा बिरगंज स्थित पानिटंकी र घण्टाघर देखि पावरहाउस चौक सम्मको खालि स्थानमा वृक्षा रोपन गरिएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० बिरगंज पर्साको आयोजना र बिरगंज महानगरपालिका पर्सा तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति भरतपुर चितवनको सहयोगमा पर्सा जिल्ला स्थित बिरगंज म.न.पा.वडा नं.१० स्थित आदर्शनगर पानिटंकी र घण्टाघर देखि पावरहाउस चौक सम्मको खालि स्थानमा वृक्षा रोपन गरिएको छ।
वृक्षा रोपन कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिका पर्साका नगर प्रमुख राजेशमान सिंह को उपस्थितिमा ग्रिनसिटी समुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा र बिभिन संघ संस्था , बुद्धिजीवी स्थानिय निकाईहरु तथा ग्रिनसिटी समुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको सहभागितामा वृक्षारोपण कार्यक्रम गरिएको थियो।
उक्त वृक्षारोपणमा स्टिक १०० थान सिङगापुरी ५० थान रातको रानी ७५ थान गुलाबको फुल २५ थान गरि जम्मा २०० थान बिरुवाको वृक्षरोपण गरीएको थियो।
उक्त वृक्षारोपण कार्यक्रममा जिल्ला प्रसासन कार्यालय पर्सा का प्र.जि.अ. हिरालाल रेग्मी बिरगंज महानगरपालिका का प्रमुख प्रशासन अधिकृत लक्ष्मी प्रसाद पौडेल,जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी उपरीक्षक कोमल शाह,प्रहरी बल. १३ नं. गण बिरगंज पर्सा का स.प्र.उ. सुमन थपलिया,भारतका महाबाणिज्य दुताबास बिरगंज नेपाल कान्सिलर नितेश कुमार,जिल्ला प्रशासन कार्यालय पर्सा का स.पर.जि.अ. महेश राज तिम्सिना,जिल्ला प्रहरी कार्यालय पर्सा प्र.ना.उ.निर्मण बुढाथोकी,
सशस्त्र प्रहरी बल. १३ नं. गण बिरगंज पर्सा का स.प्र.ना.उ. सुमन थापा,वडा प्रहरी कार्यालय विर्ता पर्सा का प्र.नि. विशाल मल्ल,वडा प्रहरी कार्यालय श्रीपुर का प्र.नि.डिल्लीराज सापकोटा
सशस्त्र प्रहरी बल. १३ नं. गण बिरगंज पर्सा का स.प्र.नि. नर सुनुवार,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्र.ना.नि. रामसुन्दर आर्य,प्रहरी चौकी आदर्शनगर पर्साका प्र.ना.नि.अशोक महतो, सा.प्र.से.के.छपकैया पर्साका अध्यक्ष ग्यासुदिन ठकुराई,व्यवस्थित बिरगंज पर्सा का संयोजक दिलीप राज कार्की,बिरगंज महानगरपालीका पर्सा का सरसफाई प्रमूख अधिकृत सरफुदिन मिया,ग्रिनसिटी सा.प्र.से.के. आदर्शनगर का उपाध्यक्ष संजय शर्मा,युवा समाजका कमल चौलागाई,अलिड युवा क्लव का ओम झा,संचारकर्मी अन्जन गुप्ता,ग्रिनसिटी सा.प्र.से.के. आदर्शनगर कस सदस्य अशोक तुलस्यान,ग्रिनसिटी सा.प्र.से.के. आदर्शनगर का सदस्य दोपेन्द्र गोयल,ग्रिनसिटी सा.प्र.से.के. आदर्शनगर का सदस्य चन्द्र अग्रवाल लगायतको व्यक्तिहरू को उपस्थिति रहेको थियो।




