यूरोकप लगायतका खेलहरुमा सट्टेबाजी गरे/गराएको आरोपमा वीरगञ्जका सुरज टिवडेवाल नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित ८ जना पक्राउ

प्रहरीले विभिन्न खेलमा सट्टेबाजी गरे/गराएको आरोपमा ८ जनालाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित पक्राउ गरेको छ।

घटनामा युरोकप तथा कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् ठूलो रकमबाजी राख्न उक्साएर त्यसमार्फत् आफूले लाभ लिने उदेश्यले काठमाण्डौका विभिन्न स्थानमा सट्टेबाजी गराउने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका विभिन्न स्थानबाट अनलनइन बेटिङ गरी नगदी कारोबार समेत गरिरहेको अवस्थामा उक्त ८ जनालाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका आठै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरी आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाडैं पठाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

साथै त्यसरी विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा आईएमईबाट पठाइने र लिने गरी कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको पनि प्रहरीको भनाइ छ।

पक्राउ पर्नेहरु यसप्रकार छन्:

१. जिल्ला काठमाण्डौ का.म.न.पा.४ सुकेधारा बस्ने बर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान ।

२. जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१९ ढोकाटोल बस्ने बर्ष ४७ को जिवन लामा ।

३. जिल्ला पर्सा बिरगंज म।न.पा.वडा नं.७ घर भई हाल का.जि.कुलेश्वर बस्ने बर्ष ४६ को सुरज टिवडेवाल ।

४. भारत बिहार पूर्वी चम्पारण जिल्ला रक्सौल घर भई हाल का.जि कुलेश्वर बस्ने बर्ष ४६ अशोक कुमार गुप्ता ।

५. जिल्ला चितवन खैरहनी न.पा.वडा नं.५ टरौली घर भई हाल का.जि.धापासी बस्ने वर्ष ४५ को गोबिन्द प्रसाद आचार्य ।

६. भारत हरियाणा विवरनी जिल्ला घर भई हाल का.जि. इन्द्रचोक बस्ने बर्ष ४९ को राजेश कुमार अग्रवाल ।

७. भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल का.जि. क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल ।

८. जिल्ला मोरङ, विराटनगर नगरपालिका वडा नं. ७ घर भई का.जि. मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close