
कुर्मी सशक्तीकरण पर्साका सस्थापक सदस्य,पर्सा जिल्लाका तेक्वान्दो संघका अध्यक्ष तथा वीरगञ्जको पानी ट्यांकीस्थित डाइमण्ड होटेलका सञ्चालक ,उद्योगपति , समाजसेवी वीरेन्द्र पटेलकी ममतामयी आमाको निधन भएको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।
शोक सन्तप्त परिवारजनद्वारा आयोजित उक्त श्रद्धाञ्जली सभामा शुभचिन्तक, आफन्त, सामाजिक व्यक्तित्वहरू, खेल क्षेत्रका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले स्व. आमाप्रति श्रद्धा प्रकट गर्दै परिवारजनलाई समवेदना व्यक्त गरेका थिए।
आमाको निधनले पटेल परिवारमा अपूरणीय क्षति पुगेको बताउँदै उपस्थितहरूले दिवंगत आत्माको चीर शान्तिको कामना गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस




