गाऊँपालिकाले दिएको राहत मैले ल्याएर बाडेको हो भनेर पुर्ब निलम्बित सांसद हरिनारायण रौनियारले प्रचार प्रसार गरे

पर्सा , आसार २४
गाऊँपालिकाले दिएको राहत मैले ल्याएर बाडेको हो भनेर पुर्ब निलम्बित सांसद हरिनारायण रौनियारले प्रचार प्रसार गरेका छन।पर्सा जिल्लामा गत असार १६ र १७ गते परेको अविरल बर्षाको कारण आएको बाढीबाट पकाहामैनपुर गाऊँपालिकामा प्रभावित भएका ११६ जनालाई ११६ बोरा चमाल गाऊँपालिकाद्वारा राहत बितरन गरिएको थियो।उक्त राहत मैले बितरन गरेको छु भने पुर्ब निलम्बित सांसद रौनियारले प्रचार प्रसार गरेका छन।

पर्साको पकहामैनपूर गाउँपालिकामा राहत लिएर बुधबार सांसद रौनियार आफै पुगेको र बाड़ेको हो भने गलत प्रचार गरेको स्थानीयहरूले बताएका छन।गाऊँपालिकाको वडा नम्बर ४ को धोबियाटोलामा बाढीबाट प्रभाबित भएका ११६ जना परिवारलाई राहतको आवश्यकता रहेको कुरा गाऊँपालिकामा जानकारी हुदा गाऊँपालिका अधिकृत रमेश सुबेदीले ११६ बोरा चमाल गाऊँपालिकाबाट बितरन गर्नका लागी पठाएका थिए।

राहत बितरन कार्यक्रममा सहभागिता जनाएर मैले बाड़ेको हो भनेर गलत प्रचार गर्न लगेका पुर्ब निलम्बित सांसद रौनियारको नियत नै खराब रहेको स्थानीयहरुले आरोप लगाएका छन।काम नै नगरी सस्तो लोकप्रिय नेता बन्न खोज्ने नेतालाई ठाऊको ठाऊ जबाब दिने स्थानीयहरूले चेतावनी दिएका छन।गाऊँपालिकामा भएको भ्रष्टाचार लुकाउन गाऊँपालिका अध्यक्ष बिजय कुमार चौरसियाको संग्लातामा पुर्ब निलम्बित सांसद रौनियारसँग गाऊँपालिकाको राहत बितरन गर्न लगाई गाऊँपालिकाको नाम नदिइ पुर्ब निलम्बित सांसद रौनियारको मात्र नाम प्रचार प्रसार गराईएको स्थानीयहरूले बताएका छन।

पुर्ब निलम्बित सांसद रौनियारले आफ्नो कम्पनीमा काम गराई लेबरहरूको पैसा नदिनेले के राहत बितरन गर्छ्न भने स्थानीयहरूले प्रश्न गरेका छन।यती मात्र होईन पुर्ब निलम्बित सांसद रौनियारले कम्पनीमा काम गराई लेबरहरुको पैसा नदिएकोले ठाऊ ठाऊमा लेबरहरुले कम्पनीको गाडी घेरेर राखेका छन भने एक जनाले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close