दमौली अस्पतालको शवगृहबाटै मृतकको गहना गायब

दमौली । दमौली अस्पतालको शवगृहबाट तनहुँकी एक मृतक महिलाको गहना गायव भएको छ । अस्पतालकै दुई जना कार्यालय सहयोगी मिलेर गहना गायब पारेका हुन् । दुई जना कार्यालय सहयोगीले पहिरामा परि मृत्यु भएकी बन्दीपुर गाउँपालिका–३ की सरस्वती थापाको पोष्र्टमार्टमको क्रममा शवगृहबाटै कान काटेर सुनको रिङ चोरेका थिए ।

दमौलीस्थित सेतीबुल्दी घाटमा शव जलाउने क्रममा दाहिने पट्टिको कानको भाग काटेर रिङ निकालिएको अवस्थामा देखेपछि मलामीहरुबीच हल्लाखल्ला भएको मृतकका दाजु महादेव आलेले बताए । गत असार १७ गते बिहीबार बिहान पहिरामा परि सरस्वतीको मृत्यु भएको थियो । ‘‘हाम्रो सस्कारमा मृतकले लगाएको गरगहना घाटमा गएर मात्रै निकाल्ने परम्परा रहेको छ, घट्नास्थलमा पुगेको प्रहरीले फोटो खिच्दा दुबै कानमा गहना रहेकोमा पोष्टमार्टम पछि एउटा कानको सुन गायब गरिएछ’ मृतकका दाजु आलेले भने ।

यदि कान नकाटिएको भए कहि खस्यो कि भनेर चित्त बुझाइन्थ्यो तर कानै काटेको देखेपछि शङ्का लागेर घाटबाटै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको आलेको भनाई छ । प्रहरीलाई खबर गरी पोष्र्टमार्टमा सग्लग्न कर्मचारीलाई सोधपुछ गरेपछि अस्पतालकै दुई कार्यालय सहयोगीले गल्ती स्विकार गरेका थिए । ४८ लाल सुनको मूल्य बराबरको रु ४४ हजार निज दुई कार्यालय सहयोगीले शुक्रबार पीडित पक्षलाई क्षतिपूर्ति बापत भुक्तानी गरेको आलेले बताउनुभयो ।

दुई जनाले २२÷२२ हजारको दरले क्षतिपूर्ति दिएको उहाँले जानकारी दिनुभयो । शव पोष्टमार्टममा अस्पतालका कार्यालय सहयोगी दामोदर पौडेल र बलबहादुर आले सङ्लग्न थिए । ज्यान गुमाएर पीडा भएको अवस्थामा झनै पीडा थप्ने कार्य भएकोले आउँदा दिनमा यस्ता गल्ती नदोहो¥याउन पीडित पक्षले चेतावनी दिएका छन् । पहिरामा परि मृत्यु भएपछि घट्नास्थलमा पुग्नु भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङले घट्नास्थलबाट फोटो खिचेर आउँदा दुबै कानमा गहना भएको प्रष्ट देखिएको बताए ।

आफन्तले पोष्टमार्टमको लागि शव बुझाउँदा दुवै कानमा गहना भएकोमा सदगद्को लागि घाटमा लाँदा एउटा कान काटिएको भेटिएको पीडितको भनाईलाई उदृत गर्दै प्रहरी निरीक्षक गुरुङले बताए । पीडित पक्षले प्रहरीमा गहना हराएको लिखित जाहेरी नदिएपनि मौखिक जानकारी गराएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ‘‘गायव गहनाको क्षतिपूर्ति आपसी सहमतीमै लिएकाले पीडितले लिखित जाहरी नदिएको हुनसक्छ’’ डिएसपी तिमिल्सिनाले भने ।

यस विषयमा दमौली अस्पतालका प्रमुख डा.सुनिल पौड्यासँग बुझ्दा आफन्तले केही दिन अघि पोष्र्टमार्टका क्रममा सुन हरायो भनि सम्पर्क गरेपछि सलग्नहरुलाई बोलाई सोधपुछ गरी छलफल गरें तर कर्मचारीहरुले स्विकार नगरेकोले प्रहरीलाई खबर गर्न भनेको जानकारी दिए । setimadidaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close