नेपाल महिला संघको ७४ औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

नेपाल महिला संघका संस्थापक अध्यक्ष स्व मंगलादेवी सिंहको ७४ औँ स्मृतिदिवस आज उनको योगदान गर्दै स्मरण गरिएको छ ।
१९८१ सालमा काठमाडौंमा जन्मिएकी मंगलादेवीको २०५३ साल भदौ १० गते निधन भएको थियो ।

१९९७ सालको असारमा लौहपुरुष गणेशमान सिंहसँग विवाह भएको थियो । १९९७ सालकै कात्तिक महिनामा गणेशमान सिंहलाई जन्मकैद भएपछि मंगलादेवी जहाँनिया राणा शासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन् । उनले २००४ सालमा नेपाल महिला संघको स्थापना गरेकी थिइन् ।

२००५ सालमा पद्म शमशेरको शासनप्रति असन्तुष्ट जनाउँदै उहाँ महिलाको जुलुस लिएर राणाहरुको दरबार पुगेकी थिइन् । यसरी महिला अधिकारका लागि राणाहरुको बिरोधमा उत्रिएकी मंगलादेवीको योगदानलाई २००७ सालको क्रान्तिको उपलब्धीका रुपमा पनि उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहेकी मंगलादेवीको २०५३ साल भदौ १० गते निधन भएको थियो ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो ।

यसैबीच,सञ्चारकर्मीसँग कुरा गर्दे नेपाल महिला संघ पर्साकि अध्यक्ष विध्या श्रेष्ठले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी भएको बताइन । श्रेष्ठले संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ यो महिला आन्दोलनकै उपलब्धि भएको जनाएका छन् ।

त्यसैगरी दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथी अजय दुवेदी,उप-मेयर शान्ति कार्की,किरण सरकार,सन्तोशि खतिवडा,श्याम पटेल,दिलिप राज कार्की,हुकुम सिंह,उत्तमा प्यकुरेल,कोपिला कडेल चौरसिया,धुर्वनेपाल,मनोजा चौधरी लगयात

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close