
चितवन मेडिकल कलेजमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ। जाजरकोटको कुशे गाउँपालिका ९ की ४८ वर्षीया कमलादेवी शाहीले ४७ वर्षीय श्रीमान् भरतविक्रम शाहीलाई कलेजो दिएकी हुन्।
असार १८ गते श्रीमतीको ६० प्रतिशत कलेजो काटेर श्रीमानको शरीरमा प्रत्यारोपण गरिएको हो।
करिब १५ घन्टा लगाएर कलेजो प्रत्यारोपण गरेको हो।
प्रत्यारोपणमा विशेषज्ञ शल्यचिकित्सकहरु सर्जन डा. सञ्जयकुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्तकुमार साह, हेपाटोलोजी डा. सागर पौडेल, डा. बरुण श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल कियरमा डा. किरण अधिकारी, डा. नविन यादव, डा. सुरेश गौतम डा. विरेन्द्र राउत, रेडियोलोजोष्टि डा. दिपक अधिकारी, डा. सुवास ओझा सहभागी थिए।
प्रत्यरोपणमा भारतबाट आएको डा. निरभ गोयलको टिम समेत सहभागिता थियो।
पूर्व सचीव भिम उपाध्यायले सम्पुर्ण टिम र विरामीलाई बधाई दिनु भयको छ ! Topstarkhabar